चीनको जनमुक्ति सेनाले दियो नेपाली सेनालाई खोप

नेपालभ्युज

चीनको जनमुक्ति सेनाले दियो नेपाली सेनालाई खोप

काठमाडौँ। चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको खोपसहित विभिन्न सामग्री प्रदान गरेको छ। चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमवार प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्। जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधान सेनापति शर्माले सहयोगका लागि मित्र राष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिइन् । यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवम् प्राथमिकताका आधारमा हिताधिकारीहरू समेत लाभान्वित हुने र यसबाट महामारीविरुद्धको लडाइँमा नेपाली सेना थप प्रभावकारी रूपमा खट्ने सेनापति शर्माको भनाइ छ ।

यस्तै यो सहयोगले नेपाल र चीनबीचको सम्बन्ध थप बलियो हुने नेपाली सेनाको विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved