चीनबाट फेरि आयो १६ लाख डोज खोप

नेपालभ्युज

चीनबाट फेरि आयो १६ लाख डोज खोप

काठमाडौं। चीनले अनुदानस्वरुप दिएको कोरोना भाइरसविरुद्ध खोपको १६ लाख डोज स्वास्थ्यमन्त्री विरोध खतिवडालाई हस्तान्तरण गरिएको छ।

नेपाललाई चीनले अनुदानमा उपलब्ध गराएको १६ लाख डोज खोप आज चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री खतिवडालाई अनुदानस्वरुप आएको खोप हस्तान्तरण गरेकी हुन्।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्ध खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो। चीनले आज हस्तान्तरण गरिएको खोपसहित नेपाललाई ३४ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ।

मन्त्री खतिवडाले आज प्राप्त भएको १६ लाख डोज खोप लक्षित वर्गलाई सक्दो छिट्टो लगाउने योजना बनाएको कार्यक्रममा बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved