सुर्खेत पुगे कार्यवाहक प्रधानमन्त्री खाँण

खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरे।

नेपालभ्युज

सुर्खेत पुगे कार्यवाहक प्रधानमन्त्री खाँण
फाइल तस्वीर

सुर्खेत। कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण सुर्खेत पुगेका छन्। सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा जानेक्रममा उनी सुर्खेत पुगेका हुन्।

मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयबासीसँग क्षति र पुनर्निर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तरक्रियासमेत गर्नेछन्। गत ३१ असोजदेखि ३ कात्तिकसम्म ती जिल्लामा बाढीपहिरोको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो।

गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरे।

खाँडका साथमा जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved