काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। विश्व जलवायु सम्मेलन (कोप २६) मा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो पुगेका दुईबचि साइडलाइन भेटवार्ता भएको हो।
भेटवार्तामा आफूहरुबीच हिमालय क्षेत्रको दिगो विकास र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटमा उल्लेख गरेका छन्। यस्तै, भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको मुद्दाबारे प्रभावकारी ढंगले उठाएको बताएका छन्। आगामी दिनमा दिगो विकासका लागि आफूहरुबीचको सहकार्य महत्त्वपूर्ण रहेको पनि उल्लेख गरेका छन्।
मंगलबारै प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नेछन् । यसै गरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नेछन् ।
Facebook Comment
Comment