कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिने भएका छन्। सत्तागठबन्धन दलहरू बीच भएको सहमति अनुसार मुख्यमन्त्री शाहीले पदबाट राजीनामा दिने तयारी भइरहेको बताइएको छ। राजीनामाको लागि मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

सत्ता गठबन्धन दलहरुबीच भएको सहमति अनुसार कर्णाली प्रदेशमा आलोपालो प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। सहमति अनुसार अब कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन हुने छ। कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही छन्।

यस्तै, वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर मन्त्री भएका तीन जना पनि सरकारबाट बाहिरिने भएका छन्। फ्लोर क्रस गरेर मन्त्री बनेका अमर बहादुर थापा, नन्दसिंह बुढा र कूर्मराज शाहीको पदावधि (६ महिना) सकिएसँगै सरकारबाट बाहिरिने भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved