धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुला

नेपालभ्युज

धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुला

काठमाडौँ। पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वको लागि आवेदन खुला गरिएको छ। बोर्ड अध्यक्ष र सिइओका लागि आवेदन खुलाइएको हो ।

नेतृत्वविहीन बनेको करिब दुई महिनापछि अर्थ मन्त्रालयले पदपूर्तिको तयारी गरेको हो । नेपाल स्टक एक्सचेन्ज पनि खाली रहेको अवस्थामा सिइओका लागि मन्त्रालयले तोकेको समितिले आवेदन खुल्ला गरेको हो । सरकारले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको नेतृत्वमा समिति गठन गरेको छ। उक्त समितिले जारी गरेको सूचनाअनुसार १५ दिनभित्र आवेदन दिन सकिनेछ। अब नियुक्ति हुने अध्यक्ष र सिइओको पद बाँकी अवधिका लागि मात्र हुनेछ ।

धितोपत्र बोर्डको ऐन–६३ अन्तर्गत बीचमा अध्यक्ष वा सदस्य पद रिक्त हुन गएमा बाँकी अवधिभरका लागि चयन गरिने उल्लेख गरिएको छ। तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना २०७६ साल पुस २३ गते नियुक्ति भएर २०७८ साल १९ असोजमा बर्खास्त भएका थिए। अनियमितता गरेको भन्दै सरकारले उनलाई बर्खास्त गरेपछि सो पद रिक्त छ ।

त्यस्तै, सिइओ पनि सोही अनियमिततामा मुछिएका थिए। सरकारले बर्खास्त गरेपछि तत्कालीन सिइओ चन्द्रसिंह साउदले अनुसन्धान गर्न बाटो खुला गरेको भन्दै राजीनामा दिएपछि सो पद खाली छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved