पछिल्लो २४ घण्टामा २९७ कोरोना संक्रमित थपिए

नेपालभ्युज

पछिल्लो २४ घण्टामा २९७ कोरोना संक्रमित थपिए

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा २९७ जनामा कोरोना संक्रमण देखिएको छ। ९११ जना निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ संक्रमितसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख १२ हजार १९४ पुगेको छ।

७ लाख ९१ हजार २६९ जना संक्रमणमुक्त भएका छन्। यस्तै, कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ छ। यस्तै, २१२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ४४ लाख १५ हजार ४३ पीसीआर परीक्षण भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved