न्याय पाउने अधिकार नरोक्न माग गर्दै सर्वोच्चमा तीन वटा रिट

नेपालभ्युज

न्याय पाउने अधिकार नरोक्न माग गर्दै सर्वोच्चमा तीन वटा रिट

काठमाडौं। सर्वोच्च अदालतमा इजलास सञ्चालन नरोक्न माग गर्दै रिट निवेदन प्रस्तुत भएको छ। न्यायाधीशहरू आफैले इजलास परित्याग गर्दा नागरिकको न्याय पाउने अधिकार कुण्ठित भएको भन्दै तीन वटा बेग्ला बेग्लै रिट प्रस्तुत भएको हो।

अधिवत्ताहरु डा पुन्य खतिवडा र दीपक विक्रम मिश्रलगायतले एकवटा, लुनाई चन्द्रिका पौडेल, श्रीस्मा घिमिरेलगायतको अर्को र कृष्ण प्रसाईँ, तोयानाथ ढुङ्गानालगायतले अर्को गरी तीन वटा रिट प्रस्तुत गरिएको हो । प्रस्तुत रिट दर्ता भने नभइसकेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

‘‘तीन वटा रिट आएको छ, अध्ययनको क्रममा छौँ, पक्रिया पुरा गरेर दर्ताको क्रममा जानेछ’’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved