ललितपुर महानगरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियविरुद्धको खोप दिइँदै

नेपालभ्युज

ललितपुर महानगरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियविरुद्धको खोप दिइँदै

काठमाडौं। ललितपुर महानगरपालिकाले ७४ वर्ष माथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (पीसीभी १३) दिने भएको छ।

महानगरले कात्तिक १४ गतेदेखि ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई पीसीभी १३ खोप दिने भएको हो।

महानगरपालिकाले कात्तिक १४ गतेदेखि १७ गतेसम्म ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई नेपाली नागरिकता प्रमाण पत्र र वडा कार्यालयबाट प्रमाणित भई आएको नामावलीको आधारमा खोप दिन लागिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले पहिलो चरणको अभियान अन्तर्गत ७४ माथिकालाई खोप लगाइसकेपछि दोस्रो चरणमा ७० देखि ७३ बर्ष उमेर समूहका नागरिकलाई लगाइने छ।

नगरपालिकाले तोकिएका दिनमा तोकिएको वडाका खोप केन्द्रमा बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म नागरिकता वा वडा कार्यालयले सिफारिस पत्र लिएर जान अनुरोध गरेको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved