काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर २४, २५ र २६ गते हुनेछ। यसअघि मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो। तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो।
कांग्रेसले यसअघि भदौ १८ मा वडा अधिवेशन गरेर मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको थियो। तर, कार्यतालिकाअनुसार कुनै पनि तहको अधिवेशन सकिएको छैन।
कांग्रेसको अधिवेशन २३ फागुन ०७६ फागुनमा भइसक्नुपर्ने थियो। तर, विशेष अवस्थामा एक वर्ष कार्यकाल लम्ब्याउन सकिने व्यवस्थालाई टेकेर कार्यकाल थपियो। पछि ०७७ फागुन ७–१० का लागि १४ औँ महाधिवेशनको मिति तोकियो। तर, त्यो मितिमा महाधिवेशन हुन नसकेपछि महाधिवेशन भाका सर्दै आएको छ।

Facebook Comment
Comment