महाधिवेशन सार्ने राप्रपाको निर्णय

नेपालभ्युज

महाधिवेशन सार्ने राप्रपाको निर्णय

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशन सार्ने भएको छ। कात्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिए पनि तल्लो तहको अधिवेशन नभएपछि केन्द्रीय महाधिवेशन सार्ने भएको हो। महाधिवेशन दुई साता पर सार्ने निर्णय भएको हो।

बिहीबार पार्टीका त्रय अध्यक्षहरूको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय विशेष समितिको बैठकले महाधिवेशन मंसिर ११, १२ र १३ गते काठमाडौँमा गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए।

बैठकले सक्रिय सदस्य बनाउने अवधि कार्तिक १५ गतेसम्म बढाउने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन समितिले कार्तिक २६ भित्र सक्रिय सदस्यहरूको नामावली जिल्लाहरूमा पठाउने गरी निर्णय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved