विराटनगर। सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्षको विषयमा विवाद भएको छ। एमालेमा आएमा माओवादीका नेताहरूलाई एमाले संस्थापन पक्षले स्वीकार नगरेपछि विवाद देखिएको हो।
१० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले नमानेका कारण जिल्लामा रेवतीरमण भण्डारी र रमेश बस्नेत अध्यक्ष छन्। भण्डारी ओली पक्षका हुन्। त्यस्तै बस्नेत भने माधव नेपाल पक्षले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गरी एमालेमै बसेका नेताहरूको पक्षका हुन्।
भण्डारीले कात्तिक २ गते पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन्। भण्डारीको अध्यक्षतामा बसेको सचिवालय बैठक विधान विपरीत भएको दाबी गर्दै बस्नेतले अर्को वक्तव्य जारी गरेका छन्। कात्तिक ३ गते बस्नेत र जिल्ला इञ्जार्च धर्मराज निरौलाले विज्ञप्ति जारी गर्दै अर्का भण्डारीले जारी गरेको विज्ञप्ति झुटो भएको उल्लेख गरेको छ।
Facebook Comment
Comment