पीडित किसानलाई राहत दिन एमालेको माग

नेपालभ्युज

पीडित किसानलाई राहत दिन एमालेको माग
फाइल तस्वीर

काठमाडौं । वर्षाका कारण बालीनालीमा क्षति पुगेका किसानको लागि राहत दिन नेकपा एमालेले सरकारसँग माग गरेको छ। बिहीबार ललितपुरस्थित च्यासलमा बसेको स्थायी कमिटी बैठकले पीडित किसानको लागि क्षतिपूर्तिको व्यवस्था गर्न र राहत प्याकेजको घोषणा गर्न माग गरेको हो।

पत्रकारसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले राहत प्याकेज उपलब्ध गराउन माग गरेको जानकारी दिए । उनले भने ‘‘किसानहरूलाई लक्षित गरेर तत्काल राहत प्याकेज र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।’’

साथै अवरुद्ध बनेको विद्युत्, सडक, सञ्चारलगायत तत्काल पुनर्निर्माण गर्दै सेवा उपलब्ध गराउन एमालेले माग गरेको छ। यस्तै घर गुमाएकाका परिवारको लागि पुनर्स्थापनाको माग पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved