पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु

पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु
तस्वीर : पाँचथरको सदरमुकाम फिदिम नगरपालिका क्षेत्र

पाँचथर । पहिरोमा परी पाँचथरमा २१ जनाको मृत्यु भएको छ। हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन्।

यस्तै छ जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालका अनुसार मिक्लाजुङ गाउँपालिका-५ कुरुम्बामा मात्रै १५ जनाको मृत्यु भएको छ। यहाँ थप दुई जना बेपत्ता छन्। यस्तै फिदिम नगरपालिकामा दुई, फाल्गुनन्द गाउँपालिकामा तीन र कुम्मायक गाउँपालिकामा एक जनाको पहिराले पुरिएर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिए।

घाइतेहरूको हेलिकोप्टरमार्फत समेत उद्धार कार्य चलिरहेको र टेलिफोन सम्पर्क हुन नसकेका कारण घटनाबारे विस्तृत विवरण प्राप्त हुन नसकिरहेको उनले बताए। मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले धेरै मानिस बेपत्ता रहेको र उद्धार तथा खोजी जारी रहेको बताए।

अविरल वर्षाका कारण टेलिफोन सम्पर्क हुन नसक्दा घटनाबारे विस्तृत विवरण प्राप्त भएको छैन। वर्षाकै कारण मेची राजमार्ग ठाउँठाउँमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।

सुरक्षा निकाय उद्धारमा खटिएकाले राजमार्ग तत्कालै खुल्नसक्ने अवस्था छैन। यहाँ हिजोदेखि निरन्तर वर्षा भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved