काठमाडौँ। बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरू र प्रहरीबीच झडप हुँदा घाइते भएका ४ सुरक्षाकर्मीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो। उनीहरूको सशस्त्र प्रहरी अस्पताल र नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।
उद्धार गरी काठमाडौंमा उपचारका लागि ल्याइएकाहरूमा नेपाल प्रहरीका जवानहरू जयकुमार थारु र गेहराजपुन मगर छन् भने सशस्त्र प्रहरीका सहायक हवलदार खुसीराम चौधरी र हवलदार तिलक धामी छन्।
आइतबार मोतीपुरमा प्रहरी र औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बस्नेहरू बीच झडप हुँदा ४ जनाको मृत्यु भएका थिए। ४९ सुरक्षाकर्मी र १६ सर्वसाधारण घाइते भएका थिए। झडपपछि मोतीपुर क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको छ।
Facebook Comment
Comment