गलैंचा उद्योगका मजदुरहरूको चेतावनी

“न्यूनतम ज्याला कार्यान्वयन गराउन आन्दोलन गर्छौं”

नेपालभ्युज

“न्यूनतम ज्याला कार्यान्वयन गराउन आन्दोलन गर्छौं”

काठमाडौं। राज्यले तोकेको न्यूनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्योगका मजदुरहरूले आन्दोलनको चेतावनी दिएका छन्।

मंगलबार काठमाडौं पत्रकार सम्मेलन गर्दै गलैंचा उद्योगसम्बद्ध ट्रेड युनियनहरूले आफूहरूको माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन्। नेपाल गलैंचा श्रमिक संघका अध्यक्ष सविरमान विकले आफूहरूमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जाने बताए।

नेपालको अर्थतन्त्रमा राम्रै टेवा पुर्‍याउन सफल नेपाली गलैंचा उद्योगभित्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अहिले पनि १० औं हजार श्रमिकहरू कार्यरत रहेका उनले बताए।

लगभग ४० देखि ५० को दशकमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको गलैंचा उद्योगहरू क्रमिक रुपमा खुम्चिँदै गएको र अहिले तेस्रो स्थानमा पुग्दा आफूलाई दुःख लागेको उनले बताए।

त्यस्तै जुट गार्मेन्ट कार्पेट टेक्सटायल मजदुर युनियन नेपालका उप-प्रमुख युवराज जिरेलले अब सडक संघर्षको विकल्प नदेखिएको बताए। अखिल नेपाल क्रान्तिकारी गलैंचा मजदुर संघको अध्यक्ष विशाल सुब्बाले नेपालको संविधानले जारी गरेको श्रम ऐन २०७४ र सामाजिक सुरक्षा कोष ऐन २०७४ कार्यान्वयनमा व्यवसायीहरूको तत्परता नदेखाएको गुनासो गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved