काठमाडौँ। संसारका अधिकांश देशमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएका छन्।
नेपालमा पनि आज (१८ असोज) राती ९ बजेबाट यो समाचार प्रकाशन हुँदासम्म यी सेवा बन्द छन्। फेसबुकै अडियो भिडियो तथा च्याट कम्युनिकेसन एप्स म्यासेञ्जरको सेवा पनि एक्कासि अवरुद्ध भएको छ। फेसबुककै अर्को सामाजिक सञ्जाल इन्स्टाग्राम सेवा समेत अवरुद्ध छ।
फेसबुक कम्पनीले यो समस्याबारे आफू जानकारी भएको र समाधानका लागि प्रयत्नरत रहेको जानकारी दिएको ‘द इन्डेपेन्डेन्ट’ले जनाएको छ।
कम्पनीका प्रवक्ताले समस्याले सिर्जना भएकोमा क्षमाप्रार्थी रहेको बताएका छन्। तर समाधान कहिले हुन्छ भन्ने उल्लेख गरेका छैनन्।
“हाम्रा एप्स र उत्पादनमा आएका समस्याबारे जानकार छौं”, फेसबुकका प्रवक्ता एन्डे स्टोनले लेखेका छन्, “हामीले सकेसम्म छिटो समस्या समाधान गर्न प्रयास गरिरहेछौँ, र यसका लागि क्षमाप्रार्थी छौँ ।”
Facebook Comment
Comment