यातायात कार्यालय एकान्तकुनाबाट दुई बिचौलिया पक्राउ

नेपालभ्युज

यातायात कार्यालय एकान्तकुनाबाट दुई बिचौलिया पक्राउ

काठमाडौँ। यातायात कार्यालय एकान्तकुनाबाट दुई बिचौलिया पक्राउ परेका छन्।

लिखित परीक्षा पास गराइदिने, ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिस मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने २ जना बिचौलिया पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा ललितपुर १४ नख्खिपोटका ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्तीका २३ को सुरज गुप्ता रहेको उनले बताए।

भट्टराईका अनुसार महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोली सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved