भक्तपुर। विश्व मुटु दिवसको अवरसमा लायन्स क्लब अफ काठमाण्डौं लर्डबुद्धको आयोजनामा भक्तपुरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बागमती लर्ड बुद्धको सहकार्य तथा मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा टान्सप्लाण्ट सेन्टर र नेपाल कोरिया मैत्री अस्पतालको प्राविधिक सहयोगमा आदर्श उच्च मावि मध्यपुर थिमीमा जनचेतना मुलक कार्यक्रम तथा मुटु शिविर सम्पन्न भएको हो।
लायन्स क्लब अफ काठमाण्डौंका संस्थापक अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिविरमा करीब चार सय जनाको नि:शुल्क मुटु परीक्षण गरिएको जानकारी दिए।
शिविर उद्घाटन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डा. भगवान कोइरालाले मुटु रोगको कारण देशभर बर्सेनी ३० हजार व्यक्तिको मृत्यु हुने गरेको जानकारी दिँदै रोग लाग्न नदिन खानपान तथा जीवनशैली परिवर्तन गर्नुपर्ने बताए।
Facebook Comment
Comment