बेलायतमा पहिलो भीसी विजेता थापाको सालिक

नेपालभ्युज

बेलायतमा पहिलो भीसी विजेता थापाको सालिक

लन्डन। बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भीसी) पाउने पहिलो नेपाली कुलवीर थापाको सालिक अनावरण गरिएको छ। शनिबार सालिक अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा निर्मित सालिकको अनावरण गरिएको हो।

बौद्ध परम्पराअनुसार लामा र हिन्दु परम्पराअनुसार पण्डितले पूजापाठ गरेपछि बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमान्डर होम कमान्ड एन्ड स्ट्यान्डिङ जोइन्ट कमान्डर लेफ्टिनेन्ट जनरल इयान केभ सीबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरेका हुन्।

मूर्ति बनाउन मात्र कलाकार एमी गुडम्यानलाई करिब ७५ हजार पाउन्ड दिइएको हो। रसमोर बरो काउन्सिलले इजाजत दिएपछि सन् २०१९ को फेब्रुअरीमा काम सुरु भएको थियो।

थापा बेलायत सरकारको सम्मानित पदक भिक्टोरिया क्रस (भीसी) पाउने पहिलो नेपाली हुन्। पाल्पामा जन्मिएका थापाले २६ वर्षको उमेरमै भिक्टोरिया क्रस पाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved