महिला एशियन कप फुटबलको छनोट प्रतियोगिता

फिलिपिन्ससँग नेपाल पराजित

नेपालभ्युज

फिलिपिन्ससँग नेपाल पराजित

काठमाडौं । महिला एशियन कप फुटबलको छनोट प्रतियोगिताअन्तर्गतको खेलमा नेपालले फिलिपिन्ससँग २-१ ले पराजित भएको छ।

उज्वेकिस्तानमा समूह ‘एफ’को पहिलो खेलमा अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले खेल गुमायो। खेलको १० औं मिनेटमै स्ट्राइकर विमला चौधरीले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी फिलिपिन्सविरुद्ध नेपालले पूरै डिफेन्सिभ खेल खेलेको थियो।

तर निर्धारति समय सकिन मात्र १ मिनेट बाँकी छँदा फिलिपिन्सले बराबरी गोल फर्काएको थियो। त्यसपछि पाँच मिनेट समय थप गरिएको थियो। उक्त क्रममा नेपालले दोस्रो गोल खाएको हो। फिलिपिन्सका लागि ८९ मिनेटमा ताहनी आनिसले गोल गरिन् भने अतिरिक्त मिनेटमा क्यामिले विल्सनले गोल गर्न सफल भइन्।

समूहको दोस्रो खेल नेपालले हङकङसँग ५ असोजमा खेल्नेछ। तीन राष्ट्र सम्मिलित यो समूहको शीर्ष स्थान बनाउने टोलीले एशिया कप खेल्न पाउनेछ। यसअघि एएफसी महिला च्याम्पियन्सिपमा नेपाल फिलिपिन्सँग ५-० ले पराजित भएको थियो।

तस्वीर सौजन्य : एन्फा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved