अफगानिस्तानमा तालिवानद्वारा सरकार घोषणा, मोहम्मद हसन नयाँ प्रधानमन्त्री

कार्यवाहक विदेशमन्त्री आमिर खान

नेपालभ्युज

अफगानिस्तानमा तालिवानद्वारा सरकार घोषणा, मोहम्मद हसन नयाँ प्रधानमन्त्री

काबुल। अफगानिस्तानमा तालिवानहरूले नयाँ सरकार घोषणा गरेका छन्।

काबुल कब्जा गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो। घोषणाअनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने भएका छन्। त्यस्तै, उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्।

बरादर तालिबान समूहका सहसंस्थापक समेत हुन्। उनी यसअघि कतारको राजधानी दोहामा अमेरिका र तालिवानबीच सम्पन्न शान्तिवार्तामा सहभागी हुँदै आएका थिए।

समूहका अनुसार नयाँ मन्त्रिपरिषदमा सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिलामन्त्री हुनेछन्। उनी हक्कानी सञ्जालका प्रमुख समेत हुन्। त्यस्तै, कार्यवाहक रक्षामन्त्री मुल्लाह याकुब र कार्यवाहक विदेशमन्त्री आमिर खान हुनेछन्।

तालिवानले गत शुक्रबार नै नयाँ सरकार गठन गर्ने बताए पनि आन्तरिक विवादका कारण सरकार गठनमा ढिलाइ भएको हो।

केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए। अन्तर्राष्ट्रिय समर्थन खोज्नु र बढ्दो मानवीय संकटलाई सम्बोधन गर्नु तालिबान सरकारको मुख्य मुख्य काम हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved