काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ। देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भेट भएको हो।
नयाँ सरकार बनेको दोस्रो महिनामा पनि सरकारले पूर्णता पाउन नसकेको अवस्थामा सरकारलाई पूर्णता दिँदै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलका लागि प्रचण्डले देउवालाई भेटेको प्रचण्डको सचिवालयले जनाएको छ।
शनिबार बिहान भएको भेटमा देउवा र प्रचण्डबीच छिट्टै सरकारलाई पूर्णता दिँदै अघि बढ्ने विषयमा छलफल भएको प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
उनले लेखेकी छन्, ‘आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्ड बीच भेटघाट भएको छ। भेटघाटको क्रममा सरकारलाई यथाशिघ्र पूर्णता दिने बारे छलफल भएको छ।’
Facebook Comment
Comment