उपनिर्वाचनको हिसाब : कांग्रेसलाई क्षति, माओवादी फाइदामा, एमालेमा छैन उत्साह

समग्रमा धेरै स्थानमा जिते पनि कांग्रेस यसपटक घाटामा गएको छ । पहिले जितेका केही महत्त्वपुर्ण पद उसले गुमाएको छ । एमालेका लागि धेरै क्षति नदेखिए पनि परिणाम उत्साहप्रद छैन । एक्लै लड्दा पनि पहिलेभन्दा धेरै सिट जितेर माओवादीले भने साख बचाएको छ ।