लोकसेवापीडित परीक्षार्थी भन्छन् : साँढेको जुधाई, बाच्छाको मिचाइमा परियो

समयमा नतिजा निस्किएको भए अर्जुन पन्थी कि आज शाखा अधिकृत हुन्थे, कि त पुनः परीक्षाको तयारीमा जुट्थे। तर अन्तिम चरणको परीक्षा सकिएको पाँच महीना बितिसक्दा पनि लोकसेवा आयोगले नतिजा प्रकाशन नगर्दा उनी अन्योलमा छन्।