काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट मतदान गर्ने भएका छन्। शुक्रबार हुन लागेको स्थानीय निर्वाचनमा उनले गृहजिल्ला सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्न लागेका हुन्।...