काठमाडौं । निरन्तर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ। प्रदर्शनीमार्गको रत्नराज्य क्याम्पस गेटअगाडि उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएका छन्। उनीहरूले बढाइएको ‘मूल्य फिर्ता गर’, ‘देउवा सरकार मुर्दावाद’ लगायत नारा लगाएका...