इजरायलबाट फर्किन ८८५ नेपालीले टिपाए नाम, इरानमा रहेका १६ मध्ये ५ जना जेलमा

नेपालभ्युज

इजरायलबाट फर्किन ८८५ नेपालीले टिपाए नाम, इरानमा रहेका १६ मध्ये ५ जना जेलमा

काठमाडौं । इजरायल र इरानबीच युद्ध बढेसँगै त्यहाँ कार्यरत नेपालीलाई ल्याउन सरकारले पहल थालेको छ ।

इजरायलमा रहेका नेपालीमध्ये ८८५ जनाले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन नाम टिपाएको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिइन् ।

नेपाल फर्किन चाहनेको संख्या बढ्नसक्ने उनको भनाइ छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा राणाले भनिन्, “१७ जुनमा अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरु गरिएको थियो । उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गर्नुभएको छ । विवरण दर्ता गर्ने क्रम बढ्दै गएको छ । सरकारले ती क्षेत्रहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।”

यता, इरानमा १६ जना नेपाली रहेको उनले बताइन् । जसमध्ये ५ जना गैरकानूनीरूपमा गएकाले जेलमा रहेका छन् । “इरानमा १६ जना हुनुहुन्छ । हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेर उहाँहरूको नागरिकसँग ११ जनालाई ल्याउने वातावरण मिलाएका छौँ । उहाँहरू मसाद भन्ने ठाउँमा हुनुहुन्छ। भोलिसम्म भारत आइपुग्नुहुन्छ,” राणाले भनिन् ।

जेलमा रहेकालाई पनि ल्याउन सकिन्छ कि भनेर प्रयत्न गरिरहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved