इरान र इजरायलबीच श्रृंखलाबद्ध हवाई आक्रमणपछि मध्यपूर्वको तनाव उत्कर्षमा

नेपालभ्युज

इरान र इजरायलबीच श्रृंखलाबद्ध हवाई आक्रमणपछि मध्यपूर्वको तनाव उत्कर्षमा

काठमाडौं । इजरायल र इरानबीच पछिल्लो २४ घण्टामा श्रृंखलाबद्ध हवाई आक्रमण भएको छ, जसले मध्यपूर्वमा तनावलाई थप चर्काएको छ। इजरायली रक्षा बल (IDF) ले  आफ्नो एक्स  ह्यान्डल मार्फत इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण मध्य इजरायलभरि साइरन बजेको बीबीसीले जनाएको छ । यद्यपि, केही समयपछि इजरायली सेनाले खतरा टरेको सङ्केत गर्दै नागरिकहरूलाई आश्रयस्थलबाट बाहिर निस्कन सुरक्षित भएको जनाएको छ।

आइतबार तेल अभिभमा इरानी ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएको थियो, जसले आवासीय भवनहरूमा क्षति पुर्‍यायो। कम्तिमा २७ इरानी मिसाइलहरू दुई चरणमा प्रहार गरिएका थिए। यीमध्ये केहीले उत्तरी र मध्य इजरायली क्षेत्रहरू हाइफा, नेस जियोना र रिशोन लेजियोनमा पनि निशाना बनाएका थिए।

जवाफमा इजरायलले २० वटा लडाकु विमान पठाएर तेहरान, केरमानशाह र हमादानभरि “खुफियामा आधारित आक्रमण” गरेको बीबीसीले बताएको छ। इजरायली अधिकारीहरूका अनुसार यी आक्रमणका लक्ष्यहरूमा मिसाइल भण्डारण र प्रक्षेपण सुविधाहरू, रडार र स्याटेलाइट प्रणालीहरू  र तेहरान नजिकको एउटा सतहबाट हावामा मार हान्ने मिसाइल प्रक्षेपण उपकरण समावेश थिए।

यसअघि, संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको थियो। विश्वभरका बजारहरूमा यस तनावको गहिरो प्रभाव पर्ने देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved