अमेरिकाले इरानमा आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो

नेपालभ्युज

अमेरिकाले इरानमा आक्रमण गरेपछि कच्चा तेलको मूल्य बढ्यो

काठमाडौं  ।  संयुक्त राज्य अमेरिकाले इरानमाथि गरेको आक्रमणपछि विश्व ऊर्जा बजारमा हलचल मच्चिएको छ। सोमबार बिहानको पहिलो कारोबार सत्रमा बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ३% भन्दा बढीले बढेर प्रति ब्यारेल  ७९ डलरमा पुगेको बीबीसीले जनाएको छ ।

सप्ताहान्तमा भएको अमेरिकी आक्रमणपछि तेलको मूल्य बढ्ने अनुमान गरिएको थियो। व्यापारिहरूले आपूर्ति श्रृंखलामा सम्भावित अवरोधका बारेमा चिन्ता व्यक्त गरेका छन्।

एसियाली शेयर बजारहरूमा  पनि यसको प्रभाव देखिने बीबीसीले जनाएको छ ।  यस क्षेत्रमा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी बजारमा थप अस्थिरता ल्याउन सक्ने विश्लेषकहरूले बताएका छन्। लगानीकर्ताहरू अब इरानको सम्भावित प्रतिक्रिया र मध्यपूर्वको समग्र अवस्थालाई नजिकबाट नियालिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved