भिजिट भिसा प्रकरण

माओवादीका प्रमुख सचेतकको गुनासो– सत्तापक्षले दुई बुँदे सहमति पालना गरेन

नेपालभ्युज

माओवादीका प्रमुख सचेतकको गुनासो– सत्तापक्षले दुई बुँदे सहमति पालना गरेन

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा अविलम्व छानबिन समिति गठन गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथि विभिन्न शीर्षकको छलफलमा भाग लिँदै उनले यस्तो माग राखेका हुन् ।

प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसँग भएको दुई बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अबिलम्व छानबिन समिति गठन गर्न माग गरे ।

एक महिनाभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता गृहमन्त्री रमेश लेखकले रोष्ट्रमबाटै गरेकाले ढिलाइ नगर्न उनले आग्रह गरे । भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेपछि पनि अहिलेसम्म समस्या समाधान उनको भनाइ थियो ।

‘गृहमन्त्रीले एक महिनाभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता रोष्ट्रमबाटै गरेकाले अब ढिलाइ गर्न हुँदैन,’ उनले थपे, ‘भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति गरेपछि पनि अहिलेसम्म समस्या समाधान भएन ।’

यसअघि भिजिट भिसा प्रकरणका कारण निरन्तर सदन अवरुद्ध भएपछि आवश्यक अध्ययन एवं छानबिन गर्ने प्रतिबद्धता जनाउँदै सत्तापक्षले माओवादीसँग दुई बुँदे सहमति भएको थियो । सहमतिसँगै माओवादीले विरोधका कार्यक्रम रोकेपनि रास्वपा र राप्रपाले भने छानबिन समितिको माग गर्दै सदनमा निरन्तर विरोध जनाउँदै आएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved