विपिनको बलिङ र प्रसिद्धको ब्याटिङमा सिंगापुरमाथि नेपालको सहज जित

नेपालभ्युज

विपिनको बलिङ र प्रसिद्धको ब्याटिङमा सिंगापुरमाथि नेपालको सहज जित

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ६ विकेटको सहज जित हात पारेको छ । मलेसियामा आइतबार भएको खेलमा नेपालले ३३.३ ओभरमा १३९ रनको लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि प्रसिद्ध जैसीले नटआउट ५५ रन बनाए ।

यसअघि कप्तान विपिन शर्माले घातक बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङमा उत्रेको सिंगापुर ३६.१ ओभरमा १३८ रन बनाउँदा अलआउट भएको थियो ।

विपिनले सिंगापुरलाई सस्तैमा समेट्न चार विकेट लिएका थिए । उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए । यस्तै सचिन भट्टले तीन विकेट लिए भने अभय यादव र शुभम खनालले एक–एक विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved