इरानमा हमलाको अमेरिकामै विरोध

नेपालभ्युज

इरानमा हमलाको अमेरिकामै विरोध
सांसद अलेक्सजेन्ड्रिया ओकासियो कोर्टेज

एजेन्सी । अमेरिकाले इरान गरेको हमलाको अमेरिकामै विरोध भएको छ । आक्रमणको डेमोक्रेट सांसद्हरूले विरोध गरेका छन् । संसद्को स्वीकृत विना हमला गरेको भन्दै विरोध गरिएको हो । सांसद अलेक्सजेन्ड्रिया ओकासियो कोर्टेजले इरानमाथि अमेरिकी हमला संविधानको गम्भिर उल्लंघन रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘हाम्रा पुस्तौँ पुस्तालाई असर पर्नेगरी राष्ट्रपतिले युद्ध छेडेका छन् । यो विषयले महाभियोगका लागि आधारसमेत तयार गरेको छ ।’

यस्तै सांसद रशिदा तलिबले पनि यसको विरोध गरेकी छिन् । संसद्ले यसविरूद्ध तत्काल कदम चाल्नुपर्ने उनको मत छ । ‘दशकौँदेखि मध्यपूर्वमा विनासकारी हतियारको बहानामा अन्तयहीन युद्ध हामीले देखिरह्यौँ । यो युद्धमा हामी फेरि धकेलिनु हुँदैन,’ उनको भनाइ छ ।

सांसद जिम म्याक गर्भनले यो इरानमाथिको हमलालाई बहुलठ्ठीपन भनी टिप्पणी गरेका छन् । ‘संसद्को स्वीकृति विना गैरकानुनी ढंगले अमेरिकालाई युद्धमा धकेल्न खोजेका छन् । हामीले अझै पनि कुरा नबुझेको हो ?’ उनको प्रश्न छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved