इस्ट जोन यू–१६ क्रिकेट : विपिन शर्माको चार विकेटमा सिंगापुर १३८ रनमा अलआउट

नेपालभ्युज

इस्ट जोन यू–१६ क्रिकेट : विपिन शर्माको चार विकेटमा सिंगापुर १३८ रनमा अलआउट

काठमाडौं । मलेसियामा आइतबार सुरु भएको इस्ट जोन यू १६ क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ । टस हारेको नेपालले पहिला बलिङ गर्दै सिंगापुरलाई १३८ रनमा अलआउट गरेको छ ।

सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कप्तान विपिन शर्माले चार विकेट लिएका छन् । उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए । यस्तै सचिन भट्टले तीन विकेट लिए भने अभय यादव र शुभम खनालले एक–एक विकेट लिए ।

१३९ रनको लक्ष्य पाएको नेपालले अब केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved