सुदूरपश्चिम रोयल्सले रिटेन गर्‍यो दीपेन्द्रसहित ६ खेलाडी

नेपालभ्युज

सुदूरपश्चिम रोयल्सले रिटेन गर्‍यो दीपेन्द्रसहित ६ खेलाडी

काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सले आगामी सिजनका लागि छ जना खेलाडीलाई रिटेन गरेको छ ।

टोलीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार दीपेन्द्र सिंह ऐरीलाई मार्की खेलाडीको रूपमा आगामी सिजनका लागि कायम राखिएको छ । त्यसैगरी विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरन साउदलाई रिटेन गरिएको छ ।

साथै, लिगका नियमअनुसार टोलीमा सीमित संख्यामा खेलाडी राख्नुपर्ने बाध्यता हुँदा टोलीले छ जना खेलाडीहरूलाई रिलिज गरेको छ। रिलिज गरिएका खेलाडीहरू अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्री छन् ।

सुदूरपश्चिमले आगामी सिजनलाई अझ सशक्त बनाउने उद्देश्यले नयाँ सुरुवात र बलियो आधार तयार पारिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved