रास्वपाले पत्रकार रजकका परिवारलाई तीन लाख सहयोग गर्ने

नेपालभ्युज

रास्वपाले पत्रकार रजकका परिवारलाई तीन लाख सहयोग गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले सहयोगको घोषणा गरेका हुन् ।

रास्वपाको तेस्रो स्थापना दिवसको उपलक्ष्यमा यस्तो निर्णय गरिएको उनले बताए ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा दृश्य खिच्न गएका एभिन्युज टीभीका क्याराम्यान रजकको जलेर मृत्यु भएको थियो ।

यसैबीच रास्वपाले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनीष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

तेस्रो स्थापना दिवसको उपलक्ष्यमा शनिबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि बुर्लाकोटी कार्यवाहक महामन्त्री र झा कार्यबाहक प्रवक्ता थिए ।

केन्द्रीय समिति बैठककका बाँकी निर्णय विज्ञप्तिमार्फत् शनिबार ११ बजे जानकारी दिने प्रवक्ता झाले बताए ।

रास्वपामा बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ताको जिम्मेवारी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved