रास्वपामा बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ताको जिम्मेवारी
नेपालभ्युज
कविन्द्र बुर्लाकोटी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनीष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
तेस्रो स्थापना दिवसको उपलक्ष्यमा शनिबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि बुर्लाकोटी कार्यवाहक महामन्त्री र झा कार्यवाहक प्रवक्ता थिए ।
केन्द्रीय समिति बैठककका बाँकी निर्णय विज्ञप्तिमार्फत् शनिबार ११ बजे जानकारी दिने प्रवक्ता झाले बताए ।
मनीष झा
यसैबीच रास्वपाले स्थापना दिवसको अवसरमा सन्देश जारी गर्दै परिवर्तनका पक्षधर शक्तिलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरुपयोग गरी सभापति रवि लामिछानेविरुद्ध अनेकौं मुद्दा लगाइएको आरोप दोहोर्याएको छ ।
‘सभापतिको प्रत्यक्ष अनुपस्थितिले अभिभावकीय स्थान रिक्त भए पनि राज्यको अनुदार चरित्रले हामीलाई थप एकताबद्ध र दृढ भने बनाएको छ । हामी कानूनी लडाइँलाई सशक्त बनाउँदै सुनियोजित षड्यन्त्रको जनस्तरबाट समेत प्रतिवाद गरिरहेका छौं,’ सन्देशमा भनिएको छ ।
Facebook Comment
Comment