सात सय रुपैयाँ फिर्ता नदिँदा साथीकै हत्या !

नेपालभ्युज

सात सय रुपैयाँ फिर्ता नदिँदा साथीकै हत्या !

बुटवल । रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ कालिकानगरस्थित आईसीआई पथमा एक जना युवकको हत्या भएको छ । शुक्रबार बिहान गुल्मीको मालिका गाउँपालिका–६ घर भैई बुटवलमा बस्दै आएका २९ वर्षीय ज्योति विकको हत्या भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए ।

हत्या आरोपमा प्रहरीले अर्घाखाँची पाणिनी गाउँपालिका–२ स्थायी घर भई हाल रूपन्देहीको सैनामैना नगरपालिका–६ मा बस्दै आएका बालकृष्ण न्यौपानेलाई पक्राउ गरेको छ । शुक्रबार बिहान बाटो छेउमा एक युवको हत्या भएको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा न्यौपानेलाई बुटवल–८ सुक्खानगरबाट पक्राउ गरेको हो ।

मृतक विकको टाउकोलगायतका शरीरका विभिन्न अंगहरूमा चोट देखिएको प्रहरीले जनाएको छ । मृतक युवकले सात सय पैसा लगेको र फिर्ता माग्दा नदिएपछि आवेगमा आएर टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेको  न्यौपानेले प्रहरीमा  बयान दिएका छन् ।

परिवारबाट सम्पर्कविहीन बनेका मृतक र आरोपित दुवै सडक आश्रितका रूपमा रहेरका थिए । सडककै बोत्तल, प्लास्टिकलगायत उठाउने र त्यसैबाट खर्च चलाउने गरेको समेत पाइएको छ ।

मृतक विकको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । यस्तै अभियुक्तमाथि रूपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved