अरनिको राजमार्गमा अझै हटेन अवरोध, विनयी खोलाको बाढीले महेन्द्र राजमार्ग अवरुद्ध

नेपालभ्युज

अरनिको राजमार्गमा अझै हटेन अवरोध, विनयी खोलाको बाढीले महेन्द्र राजमार्ग अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारणले देशभरका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीकाअनुसार ११ वटा स्थानमा पूर्णरूपमा आवागमन अवरुद्ध भएको छ भने ६ वटा स्थानमा एकतर्फी रुपमा सवारी आवागमन भइरहेको छ ।

जसअनुसार केही दिनदेखि अवरुद्ध अरनिको राजमार्गका दुई स्थानमा अवरोध हट्दा भोटेकोसी गाउँपालिका-३ लार्चामा भने पूर्णरूपमा सडक बन्द छ ।

विनयी खोलाको बाढीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-१ स्थित महेन्द्र राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित रवि राके भेडेटार सडकमा एकतर्फी रुपमा सवारी चलिरहेको छ ।

यातायात व्यवस्था विभागले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा स्थानीय प्रशासनको सूचनालाई पछ्याउन आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved