नेपाली आलु अब ‘फ्रेन्च फ्राई’, भारतसम्म निर्यात

नेपालभ्युज

नेपाली आलु अब ‘फ्रेन्च फ्राई’, भारतसम्म निर्यात

काठमाडौं । फस्र्ट च्वाइस फुड प्रालि (एफसीएफ)ले नेपाली किसानहरूले उत्पादन गरेका आलु फ्रेन्च फ्राई बनाएर स्वदेश तथा विदेशमा बिक्रीवितरण गरिरहेको छ । ‘किसानको पौरख, हाम्रो गौरव’ भन्ने नारासहित फ्रेन्च फ्राई उत्पादन तथा बिक्रीवितरण भइरहेको हो ।

हाल देशका १९ जिल्लाका किसानहरूले उत्पादन गरेका आलु फ्रेन्च फ्राई बनाइँदै आएको फस्र्ट च्वाइस फुड प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘हाल हामीले भारतीय बजारमा समेत फ्रेन्च फ्राई निर्यात गरिरहेका छौं र अन्य देशमा पनि निर्यातको तयारी गरिरहेका छौं । यस वर्षमात्रै हामीले देशभरका किसानबाट २ हजार मेट्रिक टन आलु ल्याएर फ्रेन्च फ्राई बनाएका छौं ।’

फ्रेन्च फ्राई बनाएर निर्यात गरिरहँदा नेपाली उत्पादनलाई धेरै कानुनी अफ्ठ्यारा झेल्नुपरेको अध्यक्ष पौडेलले बताए । ‘निर्यात गर्दा भन्सारमा झमेला झेल्नुपरेको छ,’ उनले थपे ।

कार्यक्रममा एफसीएफकी सेयर होल्डर लक्ष्मी पौडेलले २ अर्ब रुपैयाँभन्दा बढी लागत भएको कम्पनीले धेरैलाई रोजगारी दिएको जानकारी दिइन् ।

‘सुन्दा यो फ्रेन्च फ्राई सानो लागेपनि यसले सयौंलाई रोजगारी दिएको छ । अब विदेशी लगानी भित्र्याउने सपना बोकेका छौं । २ अर्बभन्दा बढी लगानी भइसकेको छ । एफसीएफ नेपाली युवाको सपना र सोचले अघि बढिरहेको छ,’ उनले भनिन् ।

एफसीएफले तीन प्रजातिका आलुलाई फ्रेन्चफ्राइको लागि छानेको कार्यक्रममा जानकारी दिइयो । जसमा सगिता, इनोभेसन र क्विनटिरा रहेका छन् ।

यी प्रजातिका आलुमा अन्यको तुलनामा सुगरको मात्रा कम रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved