सरकारलाई अल्टिमेटम दिँदै व्यवसायीले खोले सुनचाँदी पसल (तस्वीरहरू)

नेपालभ्युज

सरकारलाई अल्टिमेटम दिँदै व्यवसायीले खोले सुनचाँदी पसल (तस्वीरहरू)
फाइल फोटो

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त राष्ट्रिय भेलाले हाल जारी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

केही दिनयता काठमाडौं र बागमती प्रदेशमा गरिएका पसल बन्द माग सम्बोधन नभए पनि बिहीबारदेखि खुला गरिएको महासंघले जनाएको छ ।

सुनचाँदी व्यवसायीले आफूहरुको माग पूरा गर्न सरकारलाई असार मसान्तसम्मको ‘अल्टिमेटम’ दिएका छन् । सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनको भन्सार दर नेपाल र भारतमा समान हुनेगरी सरकारबाट निर्णय हुनुपर्ने व्यवसायीको माग छ ।

व्यवसायीले असार मसान्तभित्र पनि माग सम्बोधन नगरे संयुक्त समितिमार्फत सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएका छन् ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved