काठमाडौं । अमेरिका इरानमाथि सैन्य आक्रमणको तयारीमा रहेको बताइएको छ ।
वाल स्ट्रीट जर्नलका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि आक्रमण योजनालाई स्वीकृति दिए पनि अन्तिम आदेश भने रोकेको जनाइएको छ ।
स्रोतका अनुसार उक्त आक्रमण यही हप्ता हुनसक्ने अनुमान छ ।
ब्लूमबर्ग न्युजले पनि अमेरिकी वरिष्ठ अमेरिकी अधिकारीहरूले आगामी दिनमा इरानमा आक्रमणको सम्भावनाको लागि तयारी गरिरहेको जनाएको छ ।
हार्वर्ड विश्वविद्यालयको बेल्फर सेन्टरकी निर्देशक मेघन ओ’सलिभनले अमेरिकाको सम्भावित सैन्य हस्तक्षेपबारे प्रतिक्रिया दिँदै भनिन्, “ट्रम्प प्रशासनको पछिल्लो अभिव्यक्तिले इरानमाथि प्रत्यक्ष कारबाही सम्भव देखिएको छ, तर यसले क्षेत्रीय अस्थिरता झन् गहिरो बनाउन सक्छ।”
यसै घटनाले ट्रम्पको समर्थक ‘मागा’ (MAGA) समूहमै असन्तोष फैलिएको जनाइएको छ ।
यसअघि के अमेरिका इरानविरुद्ध इजरायलको सैन्य कारबाहीमा सामेल हुनेछ ? भन्ने प्रश्नमा ट्रम्पले भनेका थिए, “म यो गर्न सक्छु, म यो नगर्न पनि सक्छु । म के गर्न चाहन्छु कसैलाई थाहा छैन, तर म भन्न सक्छु कि इरान धेरै दु:खी छ र कुरा गर्न चाहन्छ ।”
Facebook Comment
Comment