अदालतको आदेशपछि नियमित काममा फर्किए राजु पाण्डे

नेपालभ्युज

अदालतको आदेशपछि नियमित काममा फर्किए राजु पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् ।

उच्च अदालत पाटनले बुधबार पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनी आज कार्यालय पुगेका हुन् ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

पाण्डेले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि पाण्डेलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved