हनुमानढोकाको हालत (तस्वीरहरू)

नेपालभ्युज

हनुमानढोकाको हालत (तस्वीरहरू)

काठमाडौं । कुनैबेला हनुमानढोका भन्ने बित्तिकै मानिस प्रहरी कार्यालय सम्झिन्थे । कसैलाई डर देखाउनुपर्‍यो भने ‘हनुमानढोकामा भेटौंला’ भनेको सुनिन्थ्यो ।

हुन पनि प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा रहेको त्यो कार्यालय कामको चापका दृष्टिले प्रहरीको हेडक्वार्टर जस्तै थियो । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायर परिसरमा रहेको प्रहरी कार्यालयमा मानिसको घुइँचो थेगिनसक्नु हुन्थ्यो ।

२०७२ सालको भूकम्पपछि भने परिदृष्य फेरियो । भूकम्पका कारण भवनमा क्षति पुगेपछि प्रहरी कार्यालय टेकुमा सारियो । त्यसपछि अहिले भद्रकालीस्थित अत्याधुनिक भवनमा सारिएको छ ।

भूकम्पले चर्किएको हनुमानढोकाको भवनमा सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्। २०१२ सालमा स्थापना भएको यो कार्यलयमा रातो स्टिकर लगाइएको छ ।

स्थानीय र पुरातत्व विभागले जीर्ण र जोखिमपूर्ण संरचना भत्काएर खुला संरक्षण क्षेत्र बनाउन माग गरेका छन् । तर, प्रहरी प्रशासनले सोही जग्गामा पर्यटक प्रहरी चौकी वा प्रहरी संग्रहालय बनाउने योजना ल्याएको छ । त्यहाँको पनि जग्गा प्रहरीकै नाममा भएको बताइएको छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved