काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगको बढ्दो तनावबारे इरानी वार्ताकारहरू ह्वाइट हाउस आउनसक्ने संकेत दिएका छन् ।
बीबीसीकाअनुसार उनले इरानको हवाई रक्षा प्रणाली “ध्वस्त” भइसकेकोले द्वन्द्व कति समयसम्म चल्छ भन्ने थाहा नभएको बताए ।
के अमेरिका इरानविरुद्ध इजरायलको सैन्य कारबाहीमा सामेल हुनेछ ? भन्ने प्रश्नमा उनले भने, “म यो गर्न सक्छु, म यो नगर्न पनि सक्छु । म के गर्न चाहन्छु कसैलाई थाहा छैन, तर म भन्न सक्छु कि इरान धेरै दु:खी छ र कुरा गर्न चाहन्छ ।”
उनले इरानको बारेमा आफ्नो अघिल्लो भनाइ दोहोर्याए, “दुई धेरै सरल शब्दहरू – निःसर्त आत्मसमर्पण।”
यसअघि इरानको आलोचना गर्दै ट्रम्पले भनेका थिए, “निःसर्त आत्मसमर्पण ।” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, “हामीलाई थाहा छ – इरानका सर्वोच्च नेता कहाँ छन्, तर हामी उनलाई अहिले नै मार्ने छैनौँ । हामीलाई राम्ररी थाहा छ – तथाकथित सर्वोच्च नेता कहाँ लुकेका छन् । उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन् ।”
ट्रम्पलाई खामेनेईको जवाफ – आत्मसमर्पण गर्दैनौं
Facebook Comment
Comment