भैरहवामा स्वीमिङ पुलमा डुबेर एक किशोरको मृत्यु

नेपालभ्युज

भैरहवामा स्वीमिङ पुलमा डुबेर एक किशोरको मृत्यु
सांकेतिक तस्वीर

बुटवल । रुपन्देहीमा स्वीमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका-१ भैरहवास्थित लुम्बिनी एम्युजमेन्ट पार्कमा रहेको स्वीमिङ पुलमा डुबेर एक जना भारतीय किशोरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए । अन्सारी बुधबार स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

डुबेर घाइते भएका उनलाई उपचारका लागि भिम अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । यस विषयमा मृतकको परिवारलाई भैरहवा बोलाइ थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved