नेपालखबर र बिजमान्डुको ‘समाचार हटाउन आदेश’ दिएको मुद्दामा बहस जारी

नेपालभ्युज

नेपालखबर र बिजमान्डुको ‘समाचार हटाउन आदेश’ दिएको मुद्दामा बहस जारी

काठमाडौं । दुई अनलाइन पोर्टल नेपालखबर डटकम र बिजमान्डु डटकमको समाचार हटाउन आदेश दिएको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बहस जारी छ । श्यामबिहारी मोर्यको इजलासमा बुधबार दिउँसो बहस जारी रहेको हो ।

यसअघि जिल्ला अदालतले समाचार हटाउनन अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । त्यसलाई निरन्तरता दिने–नदिने भन्ने विषयमा बहस जारी रहेको हो ।

खचाखच भरिएको इजलास कक्षमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिलका नवनियुक्त सदस्य नकुल अर्याल, खबरहबका सम्पादक अरुण बराल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलगायत उपस्थित छन् ।

जिल्ला अदालतले नेपालखबर र बिजमाण्डुमा प्रकाशित समाचार हटाउने आदेश दिएसँगै नेपाली सञ्चार जगतमा यसले तरंग पैदा गरेको छ ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश पीताम्बर शर्माको इजलासले समाचार तुरुन्त हटाउन आदेश दिएको थियो । यसले संविधानतः प्राप्त प्रेस स्वतन्त्रताको हनन् भएको सरोकारवालाहरूको भनाइ छ ।

समाचार हटाउने आदेशप्रति सरोकारवालाको एकैस्वर– अदालतले क्षेत्राधिकार नाघ्यो, प्रेस काउन्सिल अनिर्णित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved