काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यी हुन् एजेन्डा

नेपालभ्युज

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पार्टी कार्यालय सानेपामा बुधबार बिहान ८ बजेबस्ने गरी तय भएको बैठक आकस्मिक रूपमा  बोलाइएको हो ।  तर कांग्रेसको पूर्वनिर्धारित बैठक असार १५ गते बस्दैछ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ । बैठकले कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । साथै बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, रास्वपा र राप्रपाको अवरोध, पार्टीको १५ औँ महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य  शास्त्रीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved