द्वन्द्वको परिणाम

इजरायली आक्रमणबाट इरानमा ४५२ जना मारिए, इजरायलतर्फ कम मानवीय क्षति

नेपालभ्युज

इजरायली आक्रमणबाट इरानमा ४५२ जना मारिए, इजरायलतर्फ कम मानवीय क्षति

काठमाडाैं । इरान र इजरायलबीचको द्वन्द्व बढ्दै गएको छ । यससँगै दुवै देशमा मृत्यु हुनेको नयाँ तथ्याङ्क पनि बाहिर आएको छ ।

गैर–नाफामुखी संस्था मानव अधिकार कार्यकर्ताहरू इरान (एचआरएएनए)ले दुई देशबीचको बम विस्फोट सुरु भएदेखि नै हताहतको संख्या ट्र्याक गर्दै आएको छ ।

इजरायली आक्रमणबाट इरानतर्फ बढी क्षति भएको पाइएको छ । एचआरएनएले उपलब्ध गराएको तथ्याङ्कअनुसार, कुल ४५२ जनाको मृत्यु भएको छ भने ६४६ जना घाइते भएका छन् ।

२२४ सर्वसाधारणको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन् । उनीहरूले १०९ इरानी सैन्य कर्मचारी पनि मारिएको र १२३ जना घाइते भएको बताएका छन् ।

यसबाहेक ११९ जना यस्ता व्यक्ति मारिएका छन्, जसको पहिचान अझै नभएको बीबीसीको समाचारमा उल्लेख छ ।

यसैबीच इरानको सरकारी मिडिया भने मृत्युको संख्याको बारेमा अझैसम्म मौन रहेकाे पाइएकाे छ ।

आक्रमणबाट इरानको तुलनामा इजरायलमा भने कम मानवीय क्षति भएको पाइएको छ । सोमबार रातियता १५४ जना घाइतेलाई अस्पतालहरूमा लगिएको इजरायलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

इजरायलले भने शुक्रबारदेखिको इरानी आक्रमणबाट २४ जनाको मात्र मृत्यु भएको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved