काठमाडौं । त्रिदेशीय टी–२० आई क्रिकेट श्रंखलाअन्तर्गतको जारी खेलमा नेपाली बलरहरूसामु स्कटल्यान्ड निरीह बनेको छ । स्कटल्यान्ड ९७ रनमै अलआउट भएको छ ।
स्कटल्यान्डको ग्लासगोवमा घरेलु टोलीले सुरुवाती ओभरदेखि नै विकेट गुमाउन सुरु गरेको थियो । त्यो क्रम जारी रह्यो ।
यस क्रममा नेपालका सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । उनले २.७५ को इकोनमीमा बलिङ गरे । यो टी–२० मा धेरै नै शानदार बलिङ हो ।
यस्तै दुई विकेट लिएका करण केसी टी–२० आईमा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी बनेका छन् ।
त्यस्तै दीपेन्द्रसिंह ऐरीले पहिलो र अन्तिम विकेट लिए । उनले १९.४ ओभरमा विकेट लिएर स्कटल्यान्डलाई अलआउट गराए ।
यसैगरी ललित राजवंशीले एक विकेट हात पारे ।
स्कटल्यान्डका लागि मिचेल लेक्सले सर्वाधिक ४६ रन बनाउनबाहेक अन्य ब्याटरले १५ रन कटाउन सकेनन् ।
बलिङमा शानदार प्रदर्शन गरेसँगै नेपालले मात्र ९८ रनको लक्ष्य पाएको छ । यो जित्नलाई धेरै सहज लक्ष्य हो ।
यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग सुपर ओभरमा पराजित भएको थियो ।
Facebook Comment
Comment